• Saturday 25th July 2026

गौरा पर्वले एकता र मेलमिलापको आधार खडा गर्ने विश्वास

गौरा पर्वले एकता र मेलमिलापको आधार खडा गर्ने विश्वास


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले गौरापर्वका अवसरमा आज विज्ञप्ति प्रकाशन गरी सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना गर्दै यस पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताउँदै गौरापर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गर्नुभएको छ । विशेष गरी सुदूरपश्चिममा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍ याएको उहाँको भनाइ छ ।

सभापति देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको राससले जनाएकाे छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend