• Saturday 25th July 2026

अब भैरहवाबाट हङकङ र दिल्ली पनि उडान,काठमाडौं ट्रान्जिट

अब भैरहवाबाट हङकङ र दिल्ली पनि उडान,काठमाडौं ट्रान्जिट

टिकट बुकिङ् खुल्ला,हाल हप्ताको एक दिन एक उडान,मागको आधारमा उडानको संख्या थपिने


  • लुम्बिनी रिभ्यू

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाइ चलायमान बनाउन अरू उपाय थपिएका छन् ।

अब नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान गर्नेगरी टिकट बुकिङ् खुलाएको छ।
हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेर मागको आधारमा उडानको संख्या थप्दै लगिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो।

भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङ्गकङ्गको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन्।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्य सम्मकै बोर्डिङ् पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यववस्था मिलाइने पौडेलले बताउनुभएकाे छ ।

निगमकाे याे निर्णयसंगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अरू सकृय हुने छ ।

हेर्नाेस निगमकाे विज्ञप्ती 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend