• Saturday 25th July 2026

पाल्पामा यात्रुबहाक स्कार्पियो पहिरोले च्यापियाे,तीनकाे मृत्यु, ८ जना घाइते

पाल्पामा यात्रुबहाक स्कार्पियो पहिरोले च्यापियाे,तीनकाे मृत्यु, ८ जना घाइते


  • लुम्बिनी रिभ्यू

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो।
पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
भाडाको स्कार्पियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार चापागाईले बताए। पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend