बुटवल, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री नै सामाजिक भड्काउ अभियानमा लागेको बताएका छन् । प्रधानमन्त्रीले मलाई जिताउ जातिय राज्य बनाइदिन्छु भन्दै सामाजिक सद्भाव र जातिय पहिचान भत्काएर जातिय विद्धेशको आगो लगाएको उनले दाबी गरे ।
बुटवलमा शनिबार सुरु एमाले लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री नै सामाजिक सदभाव भड्काउन लागेपछि सामाजिक सद्भाव भत्कदै गएका उदाहरणहरु देखिन थालेको बताए । ‘प्रधानमन्त्री नै जातिय विद्धेशको आगो लगाउदै हिडेपछि तलका मान्छेले के गर्ने ? सामाजिक सदभाव फैलदै गएको छ,’ उनले भने । उनले विश्वमै नमुना रहेको नेपाली सदभाव बचाउन एक पटक एमाले नै उठ्नुपर्ने बताए ।
उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री दाहालले केही नया काम गर्न नसकेको र देशलाई संकटमा मात्रै फसाएको आरोप लगाए । देश आर्थिक मन्दीको संकटमा फसेको बताउदै उनले इतिहासमा राजश्वले सरकारको खर्च धान्न नसक्नेगरी आर्थिक संकट आएको बताए । विकास निर्माणका काम रोकिएको अघिल्ला वर्ष नै काम गरेका निर्माण व्यवसायीले पैसा नपाएको, व्यवसाय ठप्प हुदा उद्योग धन्दा बन्द हुदै र सटर खाली हुदै गएका एवं व्यवसायीहरु आत्महत्या गर्न वाध्य भएको कहालीलाग्दो अवस्था आएको उनले बताए । भारत भ्रमणमा गएर भारतकै अनुकुलको जलविद्युत सम्झौता गरेर तम्शरणम् भनेजस्तै प्रधानमन्त्रीमा टिकीरहने मात्रै प्रपन्ज गरेको उनले बताए । सुशाशनका नाममा आफ्ना मान्छेलाई सुन पानी छर्केर बचाउने र ललीता निवासका मुख्य सुत्रधारलाई नै अनुसन्धानको दायरामा नल्याउने निर्णय गरेर प्रधानमन्त्रीले जनअदालतको पुन अभ्यास थालेको महासचिव ज्ञवालीले बताए । उनले भने, ‘दोषीलाई अनुसन्धानको दायरामा पनि नल्याृउने, आफ्नालाई सुनपानी छर्केर बचाउने यस्तो नियमकानुन नेपालको ऐनमा छैन । प्रधानमन्त्रीले फेरि जनअदालतको अभ्यास थाल्नुभयो ।’
उपमहासचिव ज्ञवालीले युवालाई स्वदेशमै रोक्ने, आर्थिक गतिविधि बढाउने, रोजगारी बढाउने खालका कुनैपनि गतिविधि सरकारले नगरेको दाबी गरे । यी सबै अवस्थाबाट पार पाउन देशमा एमाले नै चाहिने उनले बताए ।
नेता ज्ञवालीले अभूतपूर्व राष्ट्रिय एकता, सामाजिक सदभाव, एकता र विकासका लागि पून एमाले उठ्नुपर्ने बताए ।

लुम्बिनी रिभ्यू