
बुटवल, नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा कुनै गुट नभएको बताउदै आफू र उपाध्यक्ष विष्णु पौडेलबीच कुनै विवाद नरहेको स्पष्टोक्ति दिएका छन् ।
शनिबार बुटवलमा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै महासचिव पाखरेलले आफू गुटलाई नभइ पाटीलाई अगाडि बढाउन लागेको बताए । उनले एमाले भित्र विवाद देखाएर केही व्यक्ति रमाएको र केही दिनयता मिडियामा अनावश्यक टिप्पणी आएकाले त्यसको कुनै अर्थ नरहेको बताए । उनले एमालेलाई बलियो बनाउन उपाध्यक्ष विष्णु पौडेल र आफ्नो बलियो एकता रहेको र रहीरहने बताए । नेता पोखरेलले एमाले राष्ट्रियता, विकास र सामाजिक सदभावका पक्षमा एकतावद्ध भएर उभिएकाले पाटीभित्र कुनै गुटबन्दी नगर्ने स्पष्ट पारे ।
उनले भने, ‘एमालेभित्रको विवाद देखाएर केही दलका व्यक्तिहरू र केही मिडियाका व्यक्तिहरू खेल्न खोजेका छन्, एमाले एक बनाउन विष्णु पौडेल र शंकर पोखरेलको एकता कहिले टुट्न दिने छैनौँ’।
‘माओवादीभन्दा धेरै प्रजातान्त्रिक कांग्रेस पार्टी रहेको छ, माओवादी अध्यक्ष प्रचण्डले कति समय पार्टीको नेतृत्व गरेका छन् भन्ने विषय दुनियाँलाई अवगत छ, त्यो भन्दा धेरै अगाडि कांग्रेस छ, एमालेमा त हरेक समयमा नेतृत्व फरक नेताहरूले गरिरहनु भएको छ,’ उनले भने । नेता पोखरेलले एमाले विरुद्ध सत्तारुढ दलको गठबन्धनले दुनियाँलाई आश्चर्यमा पारेको बताउदै त्यस्ता गठबन्दनले एमाले कमजोर नबन्ने बताए। मिसन ०८४ को नेतृत्व पार्टी अध्यक्ष केपी ओलीले नै गर्ने उनले बताए ।
नेता पोखरेलले देशकै कार्यकारी प्रमुख रहेका प्रधानमन्त्री नै सामाजिक सदभाव भत्काउने र जातियता भड्काउने काममा लागेको बताउदै त्यसविरुद्ध खबरदारी गर्ने बताए । नेपाल साझा जातिय पहिचान र एकता भएको देश बताउदै जातियताका प्रश्न गरेर सामाजिक सदभाव बिगार्ने योजनामा नलाग्न समेत आग्रह गरे ।

लुम्बिनी रिभ्यू