• Saturday 25th July 2026

एमाले अधिवेशनमा उम्मेदवारहरूको ओईरो,रिजालको उम्मेदारी खारेजीकाे माग गर्दै उजुरी

एमाले अधिवेशनमा उम्मेदवारहरूको ओईरो,रिजालको उम्मेदारी खारेजीकाे माग गर्दै उजुरी


  • लुम्बिनी रिभ्यू

एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन

बुटवल । शनिबारदेखि सुरु भएको नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्वका लागि सबै पदमा आवश्यक भन्दा बढी उम्मेदारी परेको छ । निर्वाचन समितिले पार्टी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको चयनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको छ । निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावलीको सूचनामा अध्यक्षमा दुई, उपाध्यक्षमा चार, सचिवमा दुई र उपसचिवमा ७ जनाको उम्मेदवारी परेको हो ।
अध्यक्षमा हरि रिजाल प्युठान र राधाकृष्ण कँडेल पाल्पाको उम्मेदवारी परेको छ। उपाध्यक्ष पुजन विक बाँके, भोजप्रसाद श्रेष्ठ रुपन्देही, विश्वराज बराल रुपन्देही, शान्ताकुमारी वली रोल्पाले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा लक्ष्मण आचार्य दाङ र सोमनाथ सापकोटा गुल्मीले उम्मेदवारी दिएका छन् ।
उपसचिव पुरुषतर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु, हिरा एसी र पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन् भने महिला उपसचिवमा आरती पौडेल, लीला राना मगर र बसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी सदस्यहरुमा ३ सय ६४ जनाको उम्मेदारी परेको छ । ५ पदाधिकारीमा १४ र २ सय सदस्यमा त्यो भन्दा धेरै उम्मेदारी परेपछि निर्वाचन प्रकृया थालिएको हो ।
रिजालको उम्मेदारी खारेजी माग गर्दै उजुरी
नेकपा (एमाले)को बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हरि रिजालको वैधानिकतामाथि प्रशन उठाउँदै उजुरी परेको छ ।
प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर नं ६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यता नै नरहेको कुरा बाहिरिएपछि उनको प्रतिनिधित्वमा समेत प्रश्न उठाउँदै निर्वाचन मण्डलमा उजुरी परेको हो ।
जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलसँगै चुनाव लड्ने तयारी गरेका रिजालको काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उनको प्रतिनिधित्व अवैध भएको तथा उम्मेदवारी स्वतहः खारेज हुने एकथरी एमाले नेताहरुको दावी छ ।
यद्यपि रिजाललाई वैधानिक कायम गर्न नेताहरुले सिफारिस तयार पार्ने तयारी भएको स्रोतले बताएको छ ।
दुई पक्षबीच सहमतिका लागि लामो प्रयास गर्दा पनि टुङ्गो नलागेपछि दुबै जनाले आइतबार उम्मेदवारी दर्ता भएपछि अहिले चुनावी तयारी भइरहेको छ ।
रिजालको सङ्गठित सदस्य सङ्ख्या १७५१ नम्बर लुम्बिनी प्रदेशमा रहेको छैन । रिजालले आइतबार दर्ता गराएको १०१ नम्बरमा अध्यक्ष पदको उम्मेदवारी खारेज हुनुपर्ने भन्दै उजुरी दर्ता भएको हो । प्रतिनिधि तथा प्रदेश सांसद राजुप्रसाद श्रेष्ठले यस्तो उजुरी दर्ता गराएका हुन् । यो विषयमा रिजाल पक्षले कुनै प्रतिक्रिया जनाएको छैन । उजुरी दर्ता भएको र यो विषयमा थप छानविन र छलफल हुने निर्वाचन कमिटीले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend