• Saturday 25th July 2026

यी हुन् एमाले लुम्बिनीमा निर्वाचित पदाधिकारी र सदस्यहरू (सूचीसहित)

यी हुन् एमाले लुम्बिनीमा निर्वाचित पदाधिकारी र सदस्यहरू (सूचीसहित)


  • लुम्बिनी रिभ्यू

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षसहित २०५ जनाको कमिटी निर्वाचित भएको छ । जसमध्ये सचिवसहिच विभिन्न क्षेत्रबाट सदस्यहरु गरी १०६ जना निर्विरोध र बाँकी निर्वाचनका माध्यमबाट निर्वाचित भएका हुन् । अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । कंडेलले अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई २ मतको अन्तरले विजयी हासिल गरेका हुन् । उनले कूल ९६५ मत खसेको मध्ये ४७९ मत प्राप्त गरेका थिए भने रिजालले ४७७ मत प्राप्त गरेका छन् । कंडेल पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल निकटको मानिन्छन् भने रिजाललाई महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलगायत धेरै केन्द्रीय नेताहरुको समर्थन रहेको थियो ।

रिजालकै पक्षमा सर्वसहमति गराउने प्रयास असफल भएपछि भदौ १६ र १७ गते आयोजना गरिएको अधिवेशन लम्बिएर भदौ १९ गते नेतृत्व चयनका लागि मतदान प्रक्रियामा गएको थियो । अध्यक्ष ओलीको दबाबका बीच निर्वाचन सम्पन्न गर्ने जिम्मा पाएकी पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले रिजाललाई अध्यक्ष बनाउने गरी आफूलाई थमाइएको नाम लिष्ट अस्वीकार गर्दै चुनावी प्रक्रियामा जाने निर्णयमा पुगेकी थिइन् । उपाध्यक्ष पोखरेल र महासचिव पोखरेलको प्रतिष्ठाको लडाईको रुपमा हेरिएको अधिवेशनमा पौडेल निकट कंडेल प्यानलबाट रुपन्देहीका भोजप्रसाद श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् ।

उनले ४४५ मत प्राप्त गर्दा रिजाल प्यानलका विश्वराज बराल अनुपले ३०६ मत प्राप्त गरे । उपाध्य पदमा अन्य २ जनाले समेत एकल रुपमा उम्मेदवार रहेका थिए ।यसैगरी सचिव पदमा कंडेल प्यानलकै दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए । खुल्ला उपसचिव पदमा रिजाल प्यानलका रोल्पाका पूर्णबहादुर बुढा ४१८ मत प्राप्त गरी विजयी भए । कंडेल प्यानलका दुर्गाबहादुर चौधरीले ३९३ मत प्राप्त गरेका थिए । महिला उपसचिवमा कंडेल प्यानलका लिला रानामगर निर्वाचित भएकी छन् । उनले ३५२ मत प्राप्त गर्दा रिजाल प्यानलबाट बाँकेकी बसन्ती अधिकारीले ३५१ मत प्राप्त गर्दै १ मत अन्तरले पराजित भएकी हुन् । पदाधिकारीमा उपसचिवमा बुढा मगरबाहेक सबैमा कंडेल प्यान विजयी भएको हो ।

निर्वाचनबाट प्रदेश खुला सदस्यतर्फ रुपन्देहीका बासुदेब घिमिरे सबैभन्दा बढी मत ३७६ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी अर्जुन केसी ३३३, कृष्ण प्रसाद खनाल ९३३४०, जलिल मिया ३५७, डिआर घिमिरे ३४०, नारायण प्रसाद भसाल २८३, प्रकाश जिसी ३२५, बाबुराम भट्टराई २५३, मधुकृष्ण पन्त २८५, सुष्मा खनाल २९९ मतसहित निर्वाचित भए । त्यस्तै लेखा समितिमा कंडेल प्यानलकै दामोदर घिमिरे, उपाध्यक्ष बैकुण्ठ महत (निर्विरोध) निर्वाचित भएका छन् । सचिवमा बाबुराम विश्वकर्मा ४४० मतसहित विजयी भएका छन् । लेखा समिति सदस्यहरुमा कमलापति चौधरी र झपिन्द्र रायमाझी रहेका छन् । अधिवेशनबाट लेखा समिति बाहेक २०५ सदस्यीय नेतृत्व चयन गरेको छ ।

रुपन्देहीबाट खुलातर्फ गोपाल राना, प्रेम बहादुर गुरुङ, नरबहादुर घर्ती, ध्रुवप्रसाद खरेल, भरतमणी सापकोटा, खेमप्रसाद लुईटेल, टंकप्रसाद पराजुली, बुद्ध बहादुर बिक, कृष्णप्रसाद घिमिरे, कृष्ण खनाल, कविराम अर्याल, कमलेश यादव, महेन्द्र गिरी, मोहन चापागाई, सूर्यबहादुर भट्टराई र हरिप्रसाद भण्डारी रहेका छन् । रुपन्देही मुस्लिमबाट एजाज आलम ४६० मतसहित विजयी भए । रुपन्देही महिलातर्फ जगेश्वरी चौधरीले सबैभन्दा बढी ५३३ मतसहित विजयी भइन्, रुपन्देहीबाट अन्य महिला सदस्यहरुमा कमलादेबी विक, कल्पना थापा, जानकी अर्याल, जानकी न्यौपाने, तारा पाण्डे, थानकुमारी थापा, मञ्जु भुसाल, विद्यालक्ष्मी गुरुङ, विमला श्रेष्ठ र ज्ञानु केसी निर्वाचित भएका छन् ।
रुपन्देही मधेशीमा सञ्जय कुमार गुप्ता, दलितमा कल्पना हरिजन निर्वाचित भइन् ।

बुधबार एक समाराेहकाविच उनीहरूले सपथ लिएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend