
बुटवल। बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस देशभरका सामुदायिक क्याम्पसहरुमध्ये पुनः उत्कृष्ट क्याम्पस घोषित भएको छ ।
२०७५ सालमा नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सम्मानित लुम्बिनी वाणिज्य क्याम्पस राष्ट्रिय शिक्षा दिवस–२०८० को अवसरमा पुनः उत्कृष्ट सामुदायिक
रूपमा सम्मानित भएको हो ।
शिक्षा दिवस २०८० को अवसरमा प्रमाणपत्र तथा दुई लाख पचास हजार रुपैयाँसहित प्रज्ञा भवन काठमाडौंमा आयोजित समारोहमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रदान गरे ।

क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले राष्ट्रकै अग्रणी शैक्षिक संस्थाको रुपमा रहेकोे क्याम्पसले यस प्रकारको पुरस्कार पटकपटक प्राप्त गर्नुमा विद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी र सरोकारवाला सबैको योगदान रहेको बताए ।
पुरस्कार ग्रहणका लागि क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी र स्ववियु पदाधिकारीहरू प्रज्ञा भवनमा पुगेमाथिए ।

लुम्बिनी रिभ्यू