• Saturday 25th July 2026

विद्रोही कांग्रेसको टोलीले राम्रो काम गर्दासम्म एमालेको साथ :पूर्व अर्थमन्त्री पौडेल

विद्रोही कांग्रेसको टोलीले राम्रो काम गर्दासम्म एमालेको साथ :पूर्व अर्थमन्त्री पौडेल


  • लुम्बिनी रिभ्यू

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपरेको अवस्थामा अर्थतन्त्र सम्हाल्ने कुनै उपयुक्त कार्यक्रम अगाडि सार्न नसकेको बताएका छन् ।
आइतकार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको कार्यक्रममा मुलुक संकटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर सत्तारुढ गठबन्धन दल कसरी सत्तामा बस्ने र रमाउने भन्ने विषयमै केन्द्रीत रहेको आरोप लगाए । ‘मुलुकको अर्थतन्त्रको अपरेशन गर्नुपर्नेमा सरकारले सिटामोल पनि दिन नसकेको अवस्था छ, मेजर अपरेशन गर्नपर्नेछ, सिटामोल छैन, अनि चल्छ ? अर्थतन्त्रको बेथितिलाई यो सरकारले अझै बढाएको छ, नेपाल कालोधनको केन्द्र बन्दैछ, राजस्वबाट साधारण खर्च चल्न सकेको छैन ।, आन्तरिक ऋण बढदैछ, तलब, सामाजिक सुरक्षा कोष, पेन्सन रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ’ पँौडेलले भने । प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र सुधार हुँदैछ भनेर गलत बोलिरहेको बताउँदै पौडेलले भने–‘अन्तर्राष्ट्रिय सहयोग तल झरेको छ । पूजी पलयान भइरहेको छ, व्यवसायीको ढाँड भाँच्ने अवस्था सृजना हुँदा पनि सरकार मुकदर्शक भएको उनले बताए ।
नेपाल तस्करी केन्द्रका रूपमा परिचित भएको पौडेलले बताएका छन् । उनले क्विन्टल सुन प्रकणमा सरकारले उच्चस्तरीय संसदीय समिति बनाउन आनाकानी गरेको बताउँदै आफूहरूको माग वमोजिम गठन भएको जनाए ।
नेता पौडेलले कोशीमा पटक पटक गठबन्धन दलबाट किर्ते भएको सबै प्रमाणले प्रष्टा पारेको बताउँदै नेपाली कांग्रेसको विद्रोहलाई एमालेले साथ दिएको बताए । एमालेका नेता हिक्मत कार्कीले निकास दिन मुख्यमन्त्रीबाट राजीनामा दिएर अहिलेको अवस्था आएको तर सबै किर्ते गरेर थाकेका गठबन्धन दलहरु बाध्य भएर अहिलेको सरकारलाई साथ दिन बाध्य भएको बताए । उनले विद्रोही कांग्रेसको टोलीले राम्रो काम गर्दासम्म एमालेको साथ पाउने जनाएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend