
काठमाडाै । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा काठमाडौमा बिगत ४ दिनदेखी जारी मदन भण्डारी कप अन्तर बिश्वबिद्धालय (कलेज) फुटसल प्रतियोगिताको उपाधी जया मल्टिपल क्याम्पस ,माकलबारी,काठमाडौले हात पारेको छ।
उपाधीसंगै नगद रु.एकलाख सहित सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुब आचार्यले उद्घाटन गर्नुभएको उक्त प्रतियोगितामा द टाइम्स ईन्टरनेट कलेजले उपबिजेता हुँदै नगद रु.५० हजार,सिल्ड र प्रामाणपत्र प्राप्त गरेको छ। चार वटा बिश्वबिद्धालयबाट १८ कलेजले भाग लिएको उक्त प्रतियोगिताको पुरस्कार बितरण कार्यक्रम आज धन्नेन्तरी फुटसलमा एकेडेमीका संस्थापक अध्यक्ष एबं राखेपका पुर्ब सदस्य सचिब रमेश सिलवालको प्रमुख आतिथ्यता र एकेडेमीका उपाध्यक्ष ,कार्यक्रम संयोजक तेज बिक्रम बस्नेतको अध्यक्ष्यतामा सम्पन्न भयो।
कार्यक्रममा अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्ती सहित एकेडेमीका केन्द्रीय नेताहरू संजिब दुवाडी ,गोबिन्द थपलिया,बिमल मल्ल लगाएतको उपस्थिति रहेको थियो। एकेडेमी ले आगामी मंसिर ७ देखि १६ गते सम्म पोखरामा केपि ओलि कप टि २० राष्ट्रिय क्रीकेट प्रतियोगिता संचालन गर्ने कुरा जानकारी गराएको छ।

लुम्बिनी रिभ्यू