[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
बुटवल। पाल्पामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइ नसकेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भएको छ ।
पाल्पाका एसपी हेरम्ब शर्माका अनुसार बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्धार कठिनाइ भएको छ । दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्धारका लागि पुग्नु पर्ने भएकाले कठिनाइ भएको हो ।
दुर्घटनामा जिपका चालक भने घाइते भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी रिभ्यू