• Saturday 25th July 2026

नेपाललाई एक सय ३५ रनको लक्ष्य

नेपाललाई एक सय ३५ रनको लक्ष्य


  • लुम्बिनी रिभ्यू

अदिपसन ज्ञवाली

बुटवल । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आज भएको सेमिफाइनलमा निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा यूएईले एक सय ३४ रन बनायो ।

नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । सोमपाल कामी र राेहित पौडेलले एक एक विकेट लिए । दुई ब्याटर रन आउट भए ।

अहिले राेमाञ्चक खेल जारी छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend