• Saturday 25th July 2026

एमाले सल्लाहकार चापागाईको मृत्यु,जसकाे थियाे कम्युनिष्ट आन्दोलनमा याेगदान

एमाले सल्लाहकार चापागाईको मृत्यु,जसकाे थियाे कम्युनिष्ट आन्दोलनमा याेगदान


  • लुम्बिनी रिभ्यू


बुटवल  । नेता रामचन्द्र चापागाईं (आरसी)को उपचारका क्रममा सोमबार निधन भएको छ ।

भारतमा पुष्पलालसँगै नजिक बसेर काम गरेका चापागाईलाई त्यही कारणले सबैले माइल दाई भनेर चिन्दथे । लामो समयदेखि मुटुरोग, दमलगायतका रोगबाट ग्रसित भएका चापागाईंको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार अपरान्ह ७४ वर्षको उमेर निधन भएको हो ।

अहिले उनी नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका थिए । स्वर्गीय चापागाईंका श्रीमती थानकुमारी चापागाई एमाले लुम्बिनी प्रदेश सदस्य तथा यसअघिको सांसद हुन् ।

चापागाईको एक छोरी रहेकी छन् । कम्युनिष्ट आन्दोलनका विषयमा विभिन्न पुस्तकहरु लेखेका चापागाई बुटवल क्षेत्रमा रहेर नियमित लेखरचनाहरु प्रकाशन गरिरहन्थे ।

उनी पुष्पलालकाे अस्तु नेपाल ल्याउनेमध्येका हुन ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend