• Saturday 25th July 2026

भाइटीकाको शुभ साइत कति गते कति बजे ?

भाइटीकाको शुभ साइत कति गते कति बजे ?


  • लुम्बिनी रिभ्यू

 

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ बजे शुभ रहेको जनाएको छ ।

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठुलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend