• Saturday 25th July 2026

मन्त्रालय र निकायहरूमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्न निर्देशन

मन्त्रालय र निकायहरूमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्न निर्देशन


  • लुम्बिनी रिभ्यू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरूमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ । त्यसका लागि समस्याका सूची बनाएर समाधानका उपाय पेस गर्न पनि उहाँले निर्देशन दिनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार आयोजना गरेको आव २०८०/८१ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले समस्या र समाधानका उपायलाई सूत्रबद्ध गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

पछिल्लो समयमा अन्तरमन्त्रालय समन्वयको समस्या बढी देखिएको भन्दै मन्त्री शर्माले यसमा सबै मन्त्रालयहरू गम्भीर हुनुपर्ने बताउनुभयो ।

‘‘कसैले लगानी बढाउनुपर्ने, कसैले घटाउनुपर्ने, कसैले जनशक्ति बढाउनुपर्ने, कसैले घटाउनुपर्ने विषयमा जोड दिँदा मन्त्रालयगत समन्वयको अभावमा काम हुन नसकेको जस्तो पनि देखिएको छ ।,’’ उहाँले भन्नुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend