• Saturday 25th July 2026

तिलोत्तमामा तेस्रो मेला तथा महोत्सव सुरु,सरकार दु:ख पर्दा बोल्नुपर्छ : भण्डारी

तिलोत्तमामा तेस्रो मेला तथा महोत्सव सुरु,सरकार दु:ख पर्दा बोल्नुपर्छ : भण्डारी


  • लुम्बिनी रिभ्यू

 

बुटवल । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा  तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ शुरु भएकाे छ।

सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार´ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुनेछ ।

मेलाको उद्घाटन गर्दै  प्रतिनिधि सभा सदस्य डा. चन्द्र भन्डारीले  राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताए ।

अहिलेकोअवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको बताउदै उनले देशको यही अवस्थाका कारणले नेपाली बिदेशिने क्रम बढेको चर्चा गरे ।

नेपालमा कर्मचारी तन्त्र तथा हरेक क्षेत्रमा प्रफम बढाउदै, रिफर्म तथा ट्रन्सफर्म आवश्यक रहेकोमा जोड दिदै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका भण्डारीले सरकार दुख पर्दा बाेल्नु पर्ने तर दुख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको बताए।

उनले आफुले सदन तथा सडकबाट उठाएको कुरा ८ देखि१६ बैक ब्याज बढाउने काम गलत भएको बताउदै बैंकले लिलामी गर्ने प्रयास गरेमा त्यसको बिरोधमा उत्रीने प्रतिबद्धता ब्यक्त गरे।

लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले आर्थिक क्षेत्रमामा देखिएको मन्दी हटाउनलाई मेला महोत्सवले सहयोग पूग्ने बताए।

मेला स्थल जग्गाधनी मुक्ती पाठकले मेलाले तिलोत्तमा क्षेत्रका ब्यवसायीलाई आर्थिक चलायमान बनाउन सहयोगी हुने बताए। जिल्ला समन्वय समिती संयोजक उमाकान्त चपाईले युवालाई स्वदेशमा नै रोक्न आवश्यक रहेकोमा जोड दिए। उनले यसमा सबैले ध्यान पूर्‍याउन आवश्यक रहेको बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आर्थिक मन्दीको यस समयमा मेला आयोजना हुनु सकारात्मक रहेको बताए। उनले मेलाको सफलताको लागि शुभकामना ब्यक्त गरे। कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले महोत्सव सफल बनाउन आग्रह गरे ।

उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी,बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरि प्रसाद अर्याल, नेकपा एमाले नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेन प्रसाद शर्मा, जनमोर्चा नगर अध्यक्ष हर्क बहादुर टण्डन, तिलोत्तमा ५ का वडा अध्यक्ष रमेश डुम्रे , मेला सह आयोजनक सस्था तिलोत्तमा ब्यापार संघका अध्यक्ष बाबुलाल भुसाल, सहआयोजक सस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएम लगायतले बोलेका थिए।

मेला उद्घाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ संस्था,टोल बिकास संस्थालगायतको सहभागितामा विभिन्न जात जातिको भेष भुषा र झाकी गरि ११९ टोलि सहित प्रभात फेरि कार्यक्रम भएको प्रकाशन, जनचेतना र्याली श्रब्य दृष्य ब्यवस्थापन समितिका संयोजक हरिलाल पान्डेले जानकारी दिए ।

मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पान्डेले बताए ।

प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिए ।

प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणानिधी भन्डारी (माधव)ले बतााए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend