
काठमाडौं । नेकपा एमालेले मङ्सिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्य पहाडी यात्राको तयारीका लागि आज जनसंगठन समन्वय संयन्त्र तथा उपलब्ध केन्द्रीय सलस्यहरूको विशेष बैठक बस्दै छ ।
केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे आह्वान गरिएको बैठकमा पार्टीका सबै २३ वटै जनसङ्गठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी हुन आह्वान गरिएको छ ।
मङ्सिर ७ गते युवा र विद्यार्थीहरूले विभिन्न पाँच वटा माग राखेर मङ्सिर ७ गते माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दै छन् ।
उक्त कार्यक्रमको तयारीको बिषयमा छलफल गर्न आजको बैठक डाकिएको राष्ट्रिय युवा सङ्घका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम छ ।
बैठकमा पार्टीले मङ्सिर १४ गते देखि गर्न लागेको मध्य पहाडी राजमार्गको यात्राको तयारीका सन्दर्भमा विभिन्न जनसङ्गठनहरूको भूमिकाको विषयमा पनि छलफल हुने बताइएको छ ।

लुम्बिनी रिभ्यू