• Saturday 25th July 2026

भूकम्प प्रभावित स्थानहरूमा के गर्दैछन् एमालेका ११ सय स्वयंसेवक ?

भूकम्प प्रभावित स्थानहरूमा के गर्दैछन् एमालेका ११ सय स्वयंसेवक ?


  • लुम्बिनी रिभ्यू

जाजरकोट। भूकम्प प्रभावित स्थानहरूमा भग्नावशेष व्यवस्थापन र अस्थायी आवास निर्माणका लागि नेकपा एमालेका ११ सय स्वयंसेवकको टाेली  काममा खटिएको छ।

एमाले विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा ११ सय स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालन भएको हो ।

२५ जनाको दरले विभाजन गरिने ४० टुकडीद्वारा विभिन्न ४० स्थानहरूमा एकैसाथ श्रमदान केन्द्रीय सदस्यसमेत रहनुभएका प्रमुख पौडेलले जानकारी दिनभयो। स्थानीय कमिटीहरू तथा जिफण्ट्को टोली यस अघि नै मैदानमा क्रियाशील छ।

पौडेलका अनुसार १५ दिनसम्म जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिने छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend