• Saturday 25th July 2026

टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ : भएन अन्तरिम आदेश, सरकारसँग जवाफ माग

टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ : भएन अन्तरिम आदेश, सरकारसँग जवाफ माग


  • लुम्बिनी रिभ्यू

काठमाडौं। टिकटक प्रतिबन्धविरुद्धको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार सुनुवाइ गर्दै विपक्षीको माग बमोजिम अन्तरिम आदेश  नदिएको हो।

अन्तरिम आदेश नदिएको इजलासले सरकारलाई १५ भित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । यो मुद्दाको पूर्ण सुनुवाइका लागि मङ्सिर १९ गतेका लागि पेसी तोकिएको छ ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए। उक्त रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ भएको हो। सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै मङ्सिर १ गते सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता त्रिलोकबहादुर चन्द, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, डा.सुनिलरञ्जन सिंह, यज्ञमणि न्यौपाने र फर्सुराम पाण्डेलगायतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो।

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको थियो।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन्

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend