
बुटवल ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा ललुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीलाई मातृशोक परेको छ । गिरीकी आमा केशवकुमारी गिरीको उपचारका क्रममा ९२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
केशवकुमारीको पार्थिव शरीरको बुधबार तिलोत्तमा १ निवासदेखि शवयात्रासहित तिलोत्तमा घाटमा अन्त्येष्टि गरिएको एमाले रुपन्देहीले जनाएको छ । केशवकुमारीका लिला गिरीसहित शालिकराम, टेकन गरी तीन छोरा तथा दुई छोरी भगवती र सीता रहेका छन् ।
अर्घाखाँचीमा जन्मे हुर्केर, गुल्मी र रुपन्देहीमा बसोबास गर्दै आएकी केशवकुमारीलाई सचेत र अगुवा महिलाका रूपमा लिइन्थ्यो । उनी कम्युनिस्ट नेता तथा कार्यकर्ताका सेल्टरदाताका रूपमा रहेको एमाले नेताहरुले जनाएका छन् ।

लुम्बिनी रिभ्यू