• Saturday 25th July 2026

काठमाडौमा शक्ति प्रदर्शनकाे हाेड : मुठभेड हुन नदिन ज्वाइन्ट अप्रेसन कमाण्ड सेन्टर गठन

काठमाडौमा शक्ति प्रदर्शनकाे हाेड : मुठभेड हुन नदिन ज्वाइन्ट अप्रेसन कमाण्ड सेन्टर गठन


  • लुम्बिनी रिभ्यू

काठमाडौ । बिहीबार बल्खु र तीनकुनेमा हुने शक्ति प्रदर्शन  सुरक्षा व्यवस्थाका लागि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन डिआईजी लालमणि आचार्यको नेतृत्वमा ज्वाइन्ट अप्रेसन कमाण्ड सेन्टर गठन गरिएकाे छ ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिनका लागि सुरक्षा योजना बनाएर अघि बढिएको छ ।

उहाँका अनुसार कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र नेपाली सेनाका कर्णेलसहितको संयुक्त टिम गठन गरिएको छ ।

उहाँले भन्नुभयो, “भोलि हुने प्रदर्शनमा मुठभेड  हुन नदिन र शान्ति सुरक्षा चुस्त राख्न एकीकृत सुरक्षा योजना बनाइएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend