• Saturday 25th July 2026

एमालेको केन्द्रीय कमिटी बैठक : यस्ता गर्याे निर्णय

एमालेको केन्द्रीय कमिटी बैठक : यस्ता गर्याे निर्णय


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विभिन्न निर्णयहरू गर्नुका साथै चार वटा प्रस्तावसमेत पारित गरेको छ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले विभिन्न निर्णयहरू गर्नुका साथै चारवाट प्रस्ताव पारित पनि गरेको हो।

बैठकले मंसिर १४ देखि तीन हप्तासम्म चल्ने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको सम्पूर्ण तालिकालाई पारित गरेको छ।

अभियानको मंसिर १४ गते बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गर्ने र पाँचथरको चिवाभञ्ज्याङमा समापन हुने कार्ययोजना बैठकले पारित गरेको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठकले दिवंगत पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहित दशजनाप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ।

यस्तै बैठकले इजरायल-हमास युद्धले आफ्नो स्वतन्त्र भूमिमा सार्वभौम अधिकार सहित बाँच्न पाउने प्यालेस्टाइनी जनताको अधिकार र चाहनामाथि ठूलो धक्का लागेको निष्कर्ष निकाल्दै अविलम्ब दिगो युद्धविराम गर्न अपिल गर्दै बन्धक बनाइएकाहरुलाई अविलम्ब रिहा गर्न, प्यालेस्टाइनी नागरिकका लागि गाजा क्षेत्रमा निर्वाध रुपमा मानवीय सहायता सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न, शान्तिका पक्षमा उभिन र समस्याको शान्तिपूर्ण निकासका लागि संयुक्त राष्ट्र सङ्घको प्रस्ताव अनुरुप ‘दुई राज्य समाधान’ को प्रस्ताव कार्यान्वयन गर्न सम्बद्ध पक्षलाई आह्वानसमेत गरेको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend