• Saturday 25th July 2026

केपी ओली कप : उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य

केपी ओली कप : उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य


  • लुम्बिनी रिभ्यू

पोखरा । केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि त्रिभुवन आर्मी क्लबले १ सय ३६ रनको लक्ष्य पाएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । मधेसका विशाल पटेलले सर्वाधिक ४९ रनमा अविजित रहे । उनले ३२ बलमा ३ चौका, ३ छक्का प्रहार गरे ।

कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएर आउट भए ।

बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३-३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १-१ विकेट लिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend