• Saturday 25th July 2026

जब एमाले अध्यक्ष ओली भूकम्प प्रभावित जाजरकोट पुग्नुभाे (फाेटाे फिचर)

जब एमाले अध्यक्ष ओली भूकम्प प्रभावित जाजरकोट पुग्नुभाे (फाेटाे फिचर)


  • लुम्बिनी रिभ्यू

 

जाजरकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई भेट्न जाजरकोटमा आइपुग्नु भएको छ।

 

 

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर २०८० कात्तिक १७ गते राती गएको भूकम्पमा परेर आफन्त गुमाए र घरबार गुमाएका पिडितहरुलाई भेट्न अध्यक्ष ओली आज जाजरकोट आइपुग्नु भएको हाे।

यही मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितहरुसँग भेट्घाट गरेकाे   एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो।

अध्यक्ष ओलीले भूकम्प पीडितहरुसँग अन्तरक्रिया, भूकम्प प्रभावित क्षेत्रमा एमालेले खटाएको स्वयम् सेवक टोलीको कामका बारेमा जानकारी  र पुनः निर्माणका बारेमा सरोकारवालासँग छलफल गर्नु भएको थियोे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend