• Saturday 25th July 2026

मन्त्रिपरिषद् बैठकद्वारा विभिन्न निर्णयहरू

मन्त्रिपरिषद् बैठकद्वारा विभिन्न निर्णयहरू


  • लुम्बिनी रिभ्यू

काठमाडौं। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको शेयर खरिद विक्रीबारे छानबिन गर्न समिति गठन गरेको छ । बैठकले यी लगायतका अन्य निर्णय गरेकाे छ ।

 मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने ।

सदस्यः श्री फणीन्द्र गौतम, सचिव– नेपाल सरकार

सदस्यः श्री रितेशकुमार शाक्य, सहसचिव– अर्थ मन्त्रालय

सदस्यः श्री बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सदस्यः श्री सुजनकुमार काफ्ले, अध्यक्ष– आइक्यान

२। खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा श्री रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा श्री यशोदा कार्की र श्री कुलभूषण शर्मालाई नियुक्त गर्ने ।

३। विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायतासम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend