• Saturday 25th July 2026

एमाले अध्यक्ष ओलीको आशंका : लुम्बिनी र पाेखराका एयरपोर्ट चल्न नदिन भित्र–भित्र के खेल हुँदैछ ?

एमाले अध्यक्ष ओलीको आशंका : लुम्बिनी र पाेखराका एयरपोर्ट चल्न नदिन भित्र–भित्र के खेल हुँदैछ ?


  • लुम्बिनी रिभ्यू

गाेरखा। नेकपा (एमाले) का अध्यक्ष  तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार चीनले दिएको सहयोग लिन पनि डराएको बताउनुभएकाे छ ।

‘चीनले लुम्बिनी र पोखरामा एयरपोर्ट बनायो तर चल्न दिइएको छैन, चल्न पाउँदैन भनेर भित्र–भित्र के खेल हुँदैछ थाहा छैन । एयरपोर्ट चलाए भारत रिसाउँछ भन्ने सुनिन्छ’ अध्यक्ष ओलीले भन्नुभयो ।

पार्टीले सञ्चालन गरेको ‘सम्बृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत गोरखा आइपुग्नुभएका अध्यक्ष ओलीले शनिबार गोरखामा आयोजित अन्तरक्रियामा सो कुरा बताउनुभएको हो ।

उहाँले बुढी गण्डकी आयोजना अघि बढाउन खोज्दा आफू नेतृत्वको सरकार ढालिएको बताउनुभएको छ ।

“म पहिलोचोटी यो देशको प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजनालाई अघि बढाउन खोजें, ठीक त्यतिबेला सरकार ढालियो । बुढीगण्डकी आयोजनालाई खारेजी गरियो । फेरि दोस्रो पटक मेरो नेतृत्वमा सरकारमा हुँदा बुढीगण्डकी आयोजना अघि बढाउन खोजें फेरि कम्युनिष्टका केही पात्रहरुलाई प्रयोग गरी सरकार मेरो नेतृत्वको सरकार ढाले” अध्यक्ष ओलीले भन्नुभयो ।

गर्न खोजेको केहो त्यो आफूलाई थाहा नभएको उहाँले बताउनुभयो । “म भन्न चाहन्छु नेपालको परियोजना कुन देशलाई दिंदा नेपाललाई बढी फाइदा हुन्छ, त्यसै देशलाई दिनुपर्छ” अध्यक्ष ओलीले थप्नुभयो, “सरकारले बुढीगण्डकी परियोजना आफैले बनाउने भनेर गफ दिइरहेको छ । कर्मचारीलाई तबल खुवाउने रकम समेत बाह्य ऋण लिने सरकारले आयोजना कसरी बनाउला ?”

अझै केही समयसम्म नेपालले बुढीगण्डकी आयोजना आफैले बनाउन सक्ने सम्भवना नरहेको उहाँले चर्चा गर्नुभयो । कुनै देशलाई दिएर भए पनि तत्काल यसको काम गर्नुपर्ने उहाँको जोड छ । अहिले राज्यकोषबाट ७६ अर्ब मुआब्जा दिइसकेकाले बुढीगण्डकी जसरी पनि बनाउनुपर्ने उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकार चीनले दिएको सहयोग लिन पनि डराएको बताउनुभयो । ‘चीनले लुम्बिनी र पोखरामा एयरपोर्ट बनायो तर चल्न दिइएको छैन, चल्न पाउँदैन भनेर भित्र–भित्र के खेल हुँदैछ थाहा छैन । एयरपोर्ट चलाए भारत रिसाउँछ भन्ने सुनिन्छ’ अध्यक्ष ओलीले भन्नुभयो

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend