• Saturday 25th July 2026

इन्द्रेणीद्धारा सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

इन्द्रेणीद्धारा सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक


  • लुम्बिनी रिभ्यू

बुटवल, इन्द्रेणी ग्रामिण विकास केन्द्र रुपन्देहीले सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । आफूले गरेका कामलाई सामाजिक रुपले उत्तरदायी, जिम्मेवार र पारदर्शी बनाउन सामाजिक परिक्षण गरेको हो ।
रुपन्देहीमा एक कार्यक्रम आयोजना गरी सामाजिक परिक्षणको प्रारम्भीक प्रतिवेदन सार्वजनिक गरियो । सरोकारवालाको थप सुझाव लिनका लागि प्रारम्भीक प्रतिवेदनसार्वजनिक गरिएको हो ।
सामाजिक परिक्षणमा सन् २०२३ मा रहेको इन्द्रेणी ग्रामिण विकास केन्दको संरचनादेखि यसले गरेका क्रियाकलापहरुको परिक्षण गरिएको थियो । जसअन्तरगत कार्यसमितिदेखि कर्मचारीहरु समावेशी प्रकृतिका रहेको पाइएको थियो । सस्थाले आधारभुत स्वास्थ्य परियोजना संचालन गरेको छ । त्यसमा उष्ण प्रदेशिय रोग विरुद्ध सचेतना जगाउन तथा रोगीलाई उपचारको दायरामा ल्याउन, उनीहरुलाई स्वयम हेरचाह सिकाउन, आयआर्जनमा लगाउन र मातृमृत्यु घटाउने क्रियाकलाप गरिएको थियो । कृयाकलाप लक्षीतवर्गमैत्री भएको र नतिजामूखी रहेको प्रतिवेदनमा औल्याइएको थियो ।


यस्तै सस्थाले दुध उत्पादन तथा कृतिम गर्भाधान अभिवृद्धि परियोजना संचालन गरेको छ । त्यसमा पशुको आहारा सुधार्ने र दूध उत्पादन बढाउने क्रियाकलाप समेटिएको छ । उक्त कार्यक्रम पनि आवश्यक किसान माझ पुगेको तथ्य प्रस्तुत भएको थियो । यद्यपि किसानले आशा गरेअनुसार अनुदानमा पहुंच पुर्याउन सरकारी समन्व गर्नुपर्ने देखिएको थियो । पत्रकार अमृता अनमोलले तयार पारेको सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदनमा विभिन्न स्थानीय तहका प्रमुख, लक्षीत समूदाय र सरोकारवालाले सुझाब दिएका थिए । इन्द्रेणी ग्रामिण विकास केन्द्रका अध्यक्ष महेन्द्र प्रसाद पाण्डेले संस्थालाई सामाजिक रुपमा पादर्शी र उत्तरदायी बनाउन सामाजिक परिक्षण गरिएको बताए । साझेदार संस्था फेयर मेडका टिम लिटर शशीलाल कर्णले नागरिकका लागि गरिएका कार्यक्रम नागरिकका सुझाबसहित सामाजिक परिक्षण गरिनुले संस्थालाई थप पारदर्शी र जिम्मेवार बन्न सघाउने बताए । सामाजिक परिक्षणको प्रारम्भीक प्रतिवेदन सार्वजनिक कार्यक्रम जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपागाईको अध्यक्षतामा भएको थियो । उनले सामाजिक परिक्षणका क्रममा आएका सबै सुझाबलाई समेटेर प्रतिवेदन बनाउन आग्रह गरे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend