• Saturday 25th July 2026

विरोधीले देशको विकास सहन सकेनन् : ओली

विरोधीले देशको विकास सहन सकेनन् : ओली


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई व्यावसायिक सिप र तालिम आवश्यक रहेको बताउनुभएको छ । झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत नेकपा एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले सिप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्ने बताउनुभयो । ‘यही काम नेकपा एमालेले थालेको थियो’, ओलीले भन्नुभयो ।

नेकपा एमालेको सरकारले छोटाे समयमा पनि पर्याप्त काम गरेको ओलीले स्मरण गराउनुभयो । ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन्’, ओलीले भन्नुभयो ।

एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको उहाँले बताउनुभयो । देश विकासको काम अहिले ठप्प रहेको ओलीको भनाइ छ । यस्तो स्थितिलाई बदल्नको लागि, एमालेको सरकार, एकल सरकार नभई हुँदैन, त्यसकै लागि हामीले मिसन २०८४ भनेका छौँ’, ओलीले भन्नुभयो ।

देश बनाउने अभियानको नेतृत्व नेकपा एमालेले गर्ने ओलीले दाबी गर्नुभयो । ‘नेकपा एमालेले देश बनाउने कामको नेतृत्व गर्छ, यस काममा सही तरिकाको साथ अघि बढ्न पर्छ’, ओलीले भन्नुभयो ।

बैतडीको झुलाघाटमबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend