• Saturday 25th July 2026

पूर्वगृहमन्त्री खाणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी

पूर्वगृहमन्त्री खाणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी


  • लुम्बिनी रिभ्यू

काठमाडौं । उच्च अदालत पाटनमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिनुभएको निवेदनमाथि सुनुवाइ जारी रहेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ ।

यसअघि मङ्सिर १५ गते अरुका हकमा राय मिलेको भए पनि खाणको हकमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा सुनुवाइ हुन लागेको हो ।

पूर्व गृहमन्त्री खाणका विषयमा न्यायाधीशद्वयकोे राय बाझिएको थियो । न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश गर्न र अर्का न्यायाधीश खरेल थुनामै राख्न आदेश भएको थियो । यसैले खाणको विषय तेस्रो न्यायाधीशसमक्ष पेस भएको हो ।

आज सुनुवाइ गर्नुहुने न्यायाधीशले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुनेछ । तर यी न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।

उच्च अदालत पाटनले मङ्सिर १५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित नौ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend