• Saturday 25th July 2026

३० लाख रुपियाँ धरौटीमा छुट्दै पूर्व गृहमन्त्री खाण

३० लाख रुपियाँ धरौटीमा छुट्दै पूर्व गृहमन्त्री खाण


  • लुम्बिनी रिभ्यू

ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहनु भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख रुपियाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको प्रवक्ता तीर्थराज भट्टराईले सञ्चार माध्यमलाई जानकारी दिनुभयो ।

मङ्सिर १५ गते अरूका हकमा राय मिलेको भए पनि खाणको हकमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबिच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा आज सुनुवाइ भएको हो ।

पूर्व गृहमन्त्री खाणका विषयमा न्यायाधीशद्वयको राय बाझिएको थियो । न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश गर्न र अर्का न्यायाधीश खरेलले थुनामै राख्न आदेश भएको थियो

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend