• Saturday 25th July 2026

धरौटी बुझाए लगत्तै खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराईयाे

धरौटी बुझाए लगत्तै खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराईयाे


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराईएकाे छ । केन्द्रीय कारागार प्रशासनले उनलाई पुल्चोकस्थित विभागमा उपस्थित गराएको हो ।

बैंक ग्यारेन्टी बुझाएपछि जिल्ला अदालत काठमाडौँबाट उनलाई पुल्चोक लगिएको छ । खाँणलाई प्रदेश–३–०१–०२३ च ३७२६ नम्बरको निजी गाडी चढेर सम्पत्ति शुद्धीकरणमा उपस्थित भएका हुन् ।

सम्पत्ति शुद्धीकरणका महानिर्देशकले खाँणलाई साधारण तारेखमा छाड्ने वा धरौटी लिने भन्नेबारे निर्णय गर्नेछन् । त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend