• Saturday 25th July 2026

कसरी चाेरी भए बुटवल धागो कारखानाका १ करोडका समान ? अहिलेसम्म किन गुपचुप ?

कसरी चाेरी भए बुटवल धागो कारखानाका १ करोडका समान ? अहिलेसम्म किन गुपचुप ?


  • लुम्बिनी रिभ्यू


बुटवल । धेरै लामो समयदेखि बन्द अवस्थामा रहेको बुटवल धागो कारखानामा १ करोड बढी मूल्य पर्ने सामान चोरी भएका छन् । यसलाइ
कोरोना महामारीका बेला अस्थायी अस्पतालका रूपमा प्रयोग गरिएको थियो ।
झण्डै २२ महिना कोभिड अस्पताल सञ्चालन भएर बाहिरिंदा धागो कारखानाका करोडभन्दा बढी मूल्यका उपकरण चोरिएको विषय बल्ल धागो कारखाना प्रशासनले सार्वजनिक गरेको छ ।
कोभिड अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत सञ्चालन भएको थियो ।
धागो कारखानाका आईसीयू, भेन्टिलेटर, जनरल वार्ड बनाइएका र अन्य स्थानमा भूमिगत रूपमा जडान गरिएका फिडर वायर चोरी भएका छन् । धागो कारखानाले उक्त तामाको वायर १ करोड बढी मूल्य बराबरको बताएको छ ।
कारखाना लिमिटेडका कार्यालय प्रमुख डोलराज शर्माले विद्युत् सबस्टेसनबाट मेशिन टनेलभित्र बिच्छ्याइएका तामाका महत्वपूर्ण उपकरणमध्ये मोटा तारहरू काटेर चोरी भएको बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.सुदर्शन थापाले यो विषय अहिले आफूले सुनेको र यसबारेमा बुझ्ने जनाएका छन् ।
बाहिरको मान्छे प्रवेश गरेर चोरी नभएको बताउँदै कार्यालय प्रमुख शर्माले भित्र गएर हेर्दा १ करोड रुपैयाँ बढीका तार काटेर चोरी भएको भेटिएको बताए ।
उनका अनुसार सामान भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय, बुटवलमा व्यक्तिलाई किटानी जाहेरी दिइएको छ । किटानी दिएका व्यक्ति अहिले फरार छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend