• Saturday 25th July 2026

एमाले यात्रा : पुगिसक्याे २९ जिल्ला

एमाले यात्रा : पुगिसक्याे २९ जिल्ला


  • लुम्बिनी रिभ्यू

पाँचथर । नेकपा एमालेले मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय पहिल्याउन बैतडीबाट सुरु गरेको यात्रा आज अन्तिम जिल्ला पाँचथर पुग्दैछ ।
नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार अब दुईदिनमा मध्यपहाडी राजमार्गको यात्रा टुंगिदैछ । समृद्धिका लागि संकल्प यात्रा नाम दिइएको यो यात्रामा पार्टीले मध्यपहाडका विविध समय पहिचान गरेको,लाखौं जनतासँग साक्षात्कार गरेको छ । गएराती यात्रा टोली अध्यक्ष केपी शर्मा ओली जन्मथलो आठराईमा बास बसेको छ । यहाँबाट ७६ किलोमिटर दुरी पार गरेर पाँचथरतर्फ यात्रा टोली अघि बढ्ने गौतमले जानकारी दिनुभयो ।
आज पाँचथरमा आमसभा आयोजना गरिएको छ । १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको यो यात्रा पुष १ गते मध्यपहाडी राजमार्गको पूर्वी विन्दु झुलाघाट पुगेर टुंगिदैछ । यात्रामा अध्यक्ष ओली सहित पदाधिकारी तथा नेताहरु हुनुहुन्छ ।

यात्राको क्रममा ३० वटा जिल्ला पुग्ने रुट भएकोमा २९ वटा जिल्लामा टोली पुगिसकेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend