• Saturday 25th July 2026

पाँचथर पुग्दा यस्तो देखियाे एमालेकाे संकल्प यात्रा

पाँचथर पुग्दा यस्तो देखियाे एमालेकाे संकल्प यात्रा

सरकारको अयोग्यताको कारण देश नै संकटमा : अध्यक्ष ओली


  • लुम्बिनी रिभ्यू

 

पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आए मात्रै देश समृद्ध हुने  बताउनु भएको छ।

अभियान अन्तर्गत शनिबार पाँचथरकाे फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतामा गुम्दै गएको विश्वास जगाउन नेकपा एमाले सफल भएको बताउनुभयो।

नेकपा एमाले फुटाउन र सिद्धाउन प्रयास गरिएको भए पनि एमाले त्यसलाई चिर्दै देशको पहिलो राजनीतिक शक्ति बनेको उहाँले बताउनुभयो । ओलीले अब एमालेलाई त्यतिले मात्र नपुगेको बताउनुभयो । देश विकासको लागि एमालेलाई एकल बहुमतको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसले एमालेले मिसन २०८४ भनेको उहाँले सुनाउनुभयो ।

 

नेकपा एमालेको एउटै उद्देश्य र गन्तव्य देशको हित भएको उहाँले प्रष्ट पार्नुभयो । त्यसको लागि एमालेलाई प्रमुख र बलिया राष्ट्रिय शक्ति बनाउन उहाँले आग्रह गर्नुभयो । ‘एकल बहुमतको सरकार बिना यो समस्या समाधान हुँदैन’, उहाँले भन्नुभयो ।

देशमा राजनीतिक, अस्थिरता, अन्योल र अराजकता बढ्दै गएको ओलीले बताउनुभयो । आर्थिक हिसाबले देशमा उत्पादन घटेको, युवा विदेश पलायनको दर बढेको र युवालाई सरकारले देशमा बस्ने आधार नै दिन नसकेको उहाँले बताउनुभयो । ‘देश कंगाली तर्फ धकेलिँदै छ’, उहाँले भन्नुभयो ।

एमाले देशको रक्षाको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो । आज सरकारको अयोग्यताको कारण देश नै संकटमा परेको ओलीले बताउनुभयो ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा भोलि पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend