• Saturday 25th July 2026

यसरी सकियाे एमालेकाे समृद्धिका लागि संकल्प यात्रा

यसरी सकियाे एमालेकाे समृद्धिका लागि संकल्प यात्रा


  • लुम्बिनी रिभ्यू

पाँचथर । नेकपा एमालले सुर गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज औपचारिक रूपमा सम्पन्न भएको छ ।
मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराई सुरु गर्नुभएको अभियान आज पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन गर्नुभएको छ ।
नेपालको इतिहासमा नै राजनीतिक दलको तर्फबाट आयोजना गरिएको यति लामो यात्राको नेतृत्व सुरुको विन्दु बैतडी स्थित महाकाली नदी किनारको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुभयो । यात्राको क्रममा मध्यपहाडका अधिकांश जिल्लामा टोली पुगेको छ ।
सो क्रममा एमाले अध्यक्ष लगायत अभियानमा संलग्न नेताहरूलाई स्वागत गर्न हजारौँको सङ्ख्यामा नागरिकहरू ठाउँ ठाउँमा भेला हुनुभएको थियो । नागरिकले एमालेको अभियानमा साथ र समर्थन जनाउनुभएको थियो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली यात्रा गरेको हो । यात्राका क्रममा प्राप्त सुझा, ध्यानाकर्षण पत्र, ज्ञापन पत्र समेतलाई अध्ययन गरी मध्यपहाडको विकास खाका तयार गरिने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend