• Saturday 25th July 2026

एमाले नेता बस्याल ज्ञानेन्द्र शाहको अभिनन्दन संयोजक !

एमाले नेता बस्याल ज्ञानेन्द्र शाहको अभिनन्दन संयोजक !

पार्टीमा बसेर यस्तो गतिविधि गर्ने छुट कसैलाई छैन : एमाले


  • लुम्बिनी रिभ्यू

बुटवल। गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेका डा. रामप्रसाद बस्याल पुर्व राजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेका छन् ।
पार्टीलाई कुनै जानकारी नदिई याे अभियानमा लागेपछि जिल्ला नेतृत्वले उनलाई पटकपटक बाेलाएपनि उनले भेटेका छैनन् ।
पूर्व राजा शाहलाई पुस दोश्रो साता
भैरहवामा अभिनन्दनका लागि बनाइएको मूल समिति संयोजकको जिम्मेवारी बस्यालले लिएका छन्।
बस्याल एमालेका पूर्व लुम्बिनी प्रदेश कमिटिका सल्लाहकार हुन् भने गत स्थानीय तहका निर्वाचनमा एमालेबाट नगरप्रमुख उम्मेदवार भएपनि नेपाली कांग्रेसका इस्तियाक अहमद खानसँग पराजित भएका थिए। भैरहवाका पुराना वामपन्थी नेता रहेका बस्याललाई एमालेले नगरप्रमुखको उम्मेदवार बनाएपछि भैरहवा क्षेत्रका अन्य एमाले नेताहरु असन्तुष्ट बनेका थिए। बस्याल उम्मेदवार बनेपछि सबैभन्दा बढी एमाले सिद्धार्थनगरका तत्कालीन नगर सचिव समेत रहेका नारायणप्रसाद भण्डारी असन्तुष्ट बनेका थिए। आफुले नगरपालिकाको प्रमुखको टिकट पाउनेमा ढुक्क रहेर बसेका भण्डारी बस्यालले उम्मेदवारको लागि टिकट लिएर आएपछि एमालेप्रति असन्तुष्ट बनेका थिए। त्यहीँ कारणले भण्डारीले एमाले छाडिसकेका छन् । एमाले रूपन्देही अध्यक्ष तेजेन्द्र केसीले पार्टी नीति र विधान बाहिर रहेर यस्तो गतिविधिमा संलग्न हुने छुट कसैलाई नभएको बताए । मैले पनि बाहिरबाट सुनेको छु, याे विषयमा धेरै पटक उहाँलाई बाेलाएँ, भाेलिलाई समय दिनुभएको छ, एमालेमा बसेर यस्तो गतिविधि गर्ने छुट कसैलाई छैन, उनले भने ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend