
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली समृद्धिका लागि संकल्प यात्रा साापन गरेर २० दिनमा काठमाडौं फर्किनु भएको छ ।
आजै बिहान पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएका ओली हेलिकोप्टरमार्फत काठमाडौं फर्किनु भएको हो ।

काठमाडौं फर्कनुअघि आजै उहाँ पाँचथरको सदरमुकाम फिदिमबाट भारतीय सीमासंग जोडिएको चिवाभञ्ज्याङ पुगेर नेपालको राष्ट्रिय झण्डा हफराउनु भएको थियो । सो अवसरमा उहाँले यात्राका क्रममा प्राप्त सुझाव, ध्यानाकर्षण पत्र, ज्ञापन पत्रसमेतलाई अध्ययन गरी मध्यपहाडको विकास खाका तयार गरिने बताउनुभएको थियो ।
चिवाभञ्ज्याङ समृद्धका लागि संकल्प यात्रा राजनीति प्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले नेकपा एमालेले सञ्चालन गरेको यो अभियानले अन्य पार्टीमा समेत प्रभाव पारेको बताउनुभयो ।
मंसिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार बिहान पाँचथरको चिवाभञ्ज्याङमा नेपालको झण्डोत्तोलन गरेर समापन भएको हो ।

लुम्बिनी रिभ्यू