• Saturday 25th July 2026

नेपाल जेसीजकाे अध्यक्षमा रविन पाेखरेल विजयी,यस्तो बन्याे टिम

नेपाल जेसीजकाे अध्यक्षमा रविन पाेखरेल विजयी,यस्तो बन्याे टिम


  • लुम्बिनी रिभ्यू


बुटवल।
नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पाेेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन् । ८४ मतान्तरले विजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाई पराजित गरे । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लाे पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर (राजु),सिनेटर सन्दिप अग्रहरी विजयी भए । महासचिव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनाेनित भए भने उपाध्यक्षमा अमर घिमिरे, सौरब श्रेष्ठ,राजन शर्मा पौडेल,सिताकुमारी भण्डारी,एलिना महर्जन, बहादुर तामाङ,स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय,गणेश सापकोटा,अचुत उप्रेती आयुष निर्वाचित भए । उनीहरुले पद तथा गाेपनियताको सपथ ग्रहण गरिसकेको निर्वाचन अधिकर्त नरेशचन्द्र ओझाले जानकारी दिए ।
नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend