
बुटवल। जुडो खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उदेश्यका साथ रुपन्देही जुडो संघ गठन भएको छ । जसकाे नेतृत्व महेन्द्र लिगलले गरेका छन् ।
बुटवलमा भएको खेलप्रेमीहरुको भेलाबाट लिगलको अध्यक्षतामा ११ सदस्यीय संघ सर्वसम्मत चयन भएको हो । संघको उपाध्यक्ष शोभाखर बन्जाडे, सचिव सचिन श्रेष्ठ, कोषाध्यक्ष एकमाया कुमारी आले तथा सदस्यमा ज्ञानेन्द्र श्रेष्ठ, संगिता सिह, विकास श्रेष्ठ, सित्तल ज्ञवाली, नन्दु काउचा, सुमित गुरुङ र रुपक लामा रहेका छन ।
भेलाबाट केन्द्रिय प्रतिनिधिका रुपमा अध्यक्ष महेन्द्र लिगल र सचिव सचिन श्रेष्ठ भएका छन् ।
बैठकले विभिन्न ब्यवसायिक, सामाजिक र खेलकुद क्षेत्रको प्रतिनिधित्व हुने गरि सल्लाहकारहरु समेत मनोनित गरेकाे छ । जस अनुसार प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि), समितिका सचिव राजेन्द्र श्रेष्ठ, नेपाल औषधी ब्यवसायी संघका सुनिल श्रेष्ठ, दीप बोर्डिङ स्कुलका सुरेन्द्र शाक्य, उद्योगी माधव रेग्मी, पत्रकार दिनेश पाण्डे सल्लाहकार बनेका छन् ।
कार्यक्रममा नेपाल जुडो संघका केन्द्रिय प्रतिनिधि राजेश श्रेष्ठले जुडो एक आधुनिक जापानी मार्सल आर्ट, लडाकू स्तरको ओलम्पिक खेल भएकाे बताए ।

लुम्बिनी रिभ्यू