
घाेराही । सरकार विस्तारमा सकस भाेगिरहेकाे लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ काे अनुसुची १ र २ हेरफेर गर्ने निर्णय गरेकाे छ ।
अब याे निर्णय संगै मन्त्रालयकाे कार्यविभाजन र जिम्मेवारी दिन बाटाे खुलेकाे हाे । प्रदेशमा कायम रहेका १० वटा मन्त्रालयबाट संख्या बढाउन र मन्त्रालयकाे नाम फेरवदल गर्न सक्नेगरी सरकारले बाटाे खाेलेकाे छ ।
सरकार गठन भएको ९ महिना पुग्न थाल्दा पनि सरकारले पूर्णता पाउन सकेकाे छैन । वर्तमान मन्त्रिपरिषदमा मन्त्री थप गर्ने तयारी अन्तरगत कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय गरिएको हाे । सरकारका प्रवक्ता एवम् गृहमन्त्री सन्ताेष कुमार पाण्डेले वर्तमान क्याविनेटमा मन्त्री थप्ने बारेमा निर्णय नभए पनि सरकार बिस्तारबारे बाटाे खाेल्ने निर्णय गरिएको बताए ।
उनले भने-अब सरकारलाई अधिकार प्राप्त भएको छ। कस्लाइ मन्त्री बनाउने भन्ने बारेमा निर्णय भएको छैन ।

लुम्बिनी रिभ्यू