प्यूठान । प्युठानको बाग्दुलाबाट भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको वींगर गाडी सरुमारानी गाउँपालिकाको बड्डाडानजिकै दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
सो गाडीमा १८ जना रहेका थिए । ८ जना सामान्य रहेका थिए ।
नमस्ते दाङ यातायात प्रालिको गाडी दुर्घटनामा परेको हो । घाइतेहरूको भालुबाङमा उपचार हुँदैछ ।
दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए ।

लुम्बिनी रिभ्यू