• Saturday 25th July 2026

काठमाडौमा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु

काठमाडौमा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु


  • लुम्बिनी रिभ्यू

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका दुई युवकको मृत्यु भएको छ ।

किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो । राउत हाल भक्तपुरमा बस्दै आउनुभएको थियो ।

गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२ः४० बजे अस्पताल ल्याइपुर्‍याएकोमा १ः१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । राउतको छातीमा रातो–निलो डाम रहेको प्रमुख पाठकले जानकारी दिनुभयो ।

शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend