भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिहीबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमल राज्य लक्ष्मी र परिवारसहित सहभागी भएका थिए ।
नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनता पूर्वराजालाई स्वागत तथा अभिनन्दन गर्न आतुर रहेको दाबी गर्दै जनताले राजालाई मुलुकको अभिभावकको रुपमा चाहेको उल्लेख गरे । कार्यक्रममा ‘राजा आउ देश बचाउ’को नारा लगाइएको थियो ।
पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेका हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर राजनीतिक तथा व्यक्तिगत भेटघाटलाई तीव्रता दिएका छन् ।
सभामा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहोराको तर्फबाट नेता निरन्जन थापाले स्वागत मन्तव्य राख्दै मुलुकमा दलीय व्यवस्था असफल भएकाले अब देशको नेतृत्व संहाल्न आग्रह गरेका थिए । समारोहका संयोजक बस्याल पूर्वएमाले नेता हुन् ।

लुम्बिनी रिभ्यू