• Saturday 25th July 2026

एमाले केन्द्रीय सचिवालय बैठक सुरू

एमाले केन्द्रीय सचिवालय बैठक सुरू


  • लुम्बिनी रिभ्यू

काठमाडौं- नेकपा एमालेले मध्यपहाडी यात्रा पछि पहिलो पटक पार्टी केन्द्रीय सचिवालयको बैठक आयोजना गरेको छ ।
आज दिउसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचनको तयारी,मध्यपहाडी यात्राको समिक्षा,द्वन्द्वकालिन मुद्धा टुंग्याउने लगायतका विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए । ति पदाधिकारीका अनुसार पार्टीले संगठन बिस्तार तथा जनतासँग जानका लागि अर्को नयाँ अभियानमा कस्तो कार्यक्रम ल्याउने भनेर पनि छलफल गर्ने तयारी छ ।

पार्टीले मंसिर १४ गतेबाट पुष २ गतेसम्म मध्यपहाडी राजमार्गको झुलाघाटबाट चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गरेको थियो ।

एमाले स्रोतका अनुसार आजको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ । माघको ६ र ७ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक आयोजना गर्ने पार्टीको तयारी रहेको एक पदाधिकारीले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend