• Saturday 25th July 2026

यसरी पक्राउ परे तपस्वी रामबहादुर बम्जन

यसरी पक्राउ परे तपस्वी रामबहादुर बम्जन

उनीबारे अनुयायीहरूमाथि बलात्कार र हिंसा गरेको आरोप लागेकाे थियाे


  • लुम्बिनी रिभ्यू

काठमाडौं । तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बुढानिलकण्ठबाट बम्जनलाई पक्राउ गरेको हो ।

बम्जन लामो समयदेखि प्रहरीको खोजीमा थिए ।

आफ्ना अनुयायीहरूमाथि बलात्कार र हिंसा गरेको आरोप लागेका बमजनलाई अदालतमा उपस्थित हुन भन्दै प्रहरीले बाराको निजगढ नगरपालिका १२ रतनपुरीस्थित उनको पुर्खौली घरमा २६ कात्तिक २०७७ मा प्रहरीले सूचना टाँस गरेको थियो। त्यतिखेर वडाध्यक्ष ज्ञानबहादुर गोलेको रोहवरमा उनको स्थायी ठेगाना भएको घरमा सूचना टाँस गरिएको प्रहरीले जनाएको थियो।

एक आनीलाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला अदातलमा बमजनविरुद्ध मुद्दा विचाराधीन छ। सोही मुद्दाको आधारमा बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो।

रौतहटकी ती आनीले आश्रममा बस्दा बमजनले आफूलाई जबर्जस्तीकरणी गरेको आरोप लगाएकी छन्। बलात्कारसहित बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र अर्का एक अनुयायीलाई बेपत्ता पारेको आरोप छ।

सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारालगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बमजनलाई प्रहरीले फेला पार्न सकेको थिएन।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend