घाेराही । लुम्बिनीमा सत्ता पक्षीय गठबन्धन दलको बैठक आज नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पार्टी कार्यालय भालुबाङ, दाङमा सम्पन्न भएको छ |
बैठकले गठबन्धनका साझा उम्मेदवार झक्कु प्रस्साद सुवेदी र विष्णुकुमारी सापकोटालाई सबै दिएर विजयी बनाउन सबै मतदाताहरूमा अपील गरेकाे छ ।
राष्ट्रिय सभामा दुई सदस्य निर्वाचनको लागि लुम्बिनीमा सत्तारूढ दलले माआेवादीबाट सुवेदी र कांग्रेसबाट सापकाेटालाई उम्मेदवार बनाएकाे छ ।
दलहरूले नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा लुम्बिनी प्रदेशभित्रका सबै प्रदेश सभापति /अध्यक्ष एवं प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू सम्मेलित राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन गरेकाे छ । त्यसैगरी सबै जिल्लाका स्थानीय तहका प्रमुख/ उपप्रमुख र जिल्ला नेतृत्वसंग भेटघाटका लागि माघ २ गतेबाट जिल्ला जिल्ला जाने निर्णय गरेकाे संयाेजक पुनले जनाएका छन् ।

लुम्बिनी रिभ्यू