काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पुथ्वी जयन्तीलाई एकता दिवसका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रम गर्नु राम्रो भएको बताउनु भयो ।
राप्रपाको चियापान कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुको पनि उपस्थिति रहेको थियो ।

लुम्बिनी रिभ्यू