• Saturday 25th July 2026

नयाँ प्रविधितर्फ नयाँ पुस्ता (हेर्नोस तस्विरहरु)

नयाँ प्रविधितर्फ नयाँ पुस्ता (हेर्नोस तस्विरहरु)


  • लुम्बिनी रिभ्यू

बुटवल ।
बुटवलमा युवा पत्रकारलाई लक्षित गरेर डिजिटल प्रविधि तथा अनलाईन व्यवस्थापन तालिम सुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषदको आयोजना तथा सञ्चारिका समुह लुम्बिनीको समन्वयमा तीन दिने तालिम सञ्चालन गरिएको हो ।
पत्रकारमा पछिल्लो डिजिटल प्रविधिका बारेमा जानकारी गराउन र अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित गराउन सहयोग पुर्याउन तालिम आयोजना गरिएको युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोविन्द केसीले जानकारी गराउनु भयो ।


तालिमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले पत्रकारले लेख्ने समाचार निश्पक्ष र स्वतन्त्र भएर लेख्नुपर्ने बताउनु भयो । निश्पक्ष भएर समाचार लेख्दा त्यसले सबैलाई न्यायन गर्ने बताउँदै अन्यायका विरुद्ध कलम चलाउने पत्रकारले कसैलाई अन्याय हुनेगरी समाचार लेख्न नहुने भनाई राख्नुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, टुना टेक्नोलोजिका सर्वजित मिश्रा, सञ्चारिका समुह लुम्बिनीका अध्यक्ष  अमृता अनमोल, सचिब माया केसी लगायतले बोल्नु भएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend