• Saturday 25th July 2026

विश्वविद्यालय प्राज्ञिक ज्ञानको भण्डार : एमाले अध्यक्ष ओली

विश्वविद्यालय प्राज्ञिक ज्ञानको भण्डार : एमाले अध्यक्ष ओली


  • लुम्बिनी रिभ्यू

सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा  ओलीले विश्वविद्यालय प्राज्ञिक ज्ञानको भण्डार भएको बताउनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा नवनिर्मित भवनहरूको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अन्य विश्वविद्यालयभन्दा मध्यपश्च्मि विश्वविद्यालय भौतिक संरचनामा अगाडि रहेको उहाँले चर्चा गर्नुभयो ।

सुर्खेतको वीरेन्द्रनगर आउनुभएका अध्यक्ष ओलीले विश्वविद्यालय आफ्नो शिक्षालाई प्राविधितर्फ जोड्दै भौतिक संरचनामा समेत अगाडि बढेको बताउनुभयोे । उहाँले विश्वविद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको देखिएको बताउनुभयो ।

विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम कार्यक्रम, विश्वविद्यालयलाई पेपरलेस बनाउन ४ वर्षदेखि भएको प्रयासको परिणामस्वरूप सुरु भएको उक्त कार्यक्रमको समेत उहाँले उदघाटन गर्नुभयो ।

उहाँले भवन उदघाटन गुणस्तरीय शिक्षाका लागि पछिल्लो समय विश्वविद्यालयमा पढाइको व्यवस्थापन, कक्षा, शिक्षक र विभिन्न विभागमा सुधार हुँदैगएको बताउनुभयो ।

शुक्रबार नै विद्यार्थीसँग केपी शर्मा ओली विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । एमाले कर्णाली प्रदेश कमिटीको दोस्रो बैठकलाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend