• Saturday 25th July 2026

मदन भण्डारी प्रथम खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु

मदन भण्डारी प्रथम खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु


  • लुम्बिनी रिभ्यू

काठमाडौ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आईतबारदेखि मदन भण्डारी खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ ।
काठमाण्डौको सामाखुसीमा आयोजित एक समारोहविच काठमाडौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उपप्रमुख डंगोलले खेलकुद क्षेत्रको विकासले सबै क्षेत्रमा फाईदा पुग्ने बताउनुभयो । खेलकुदका माध्ययमबाट राष्ट्रलाई चिनाउन सकिने चर्चा गर्दै उहाँले खेलाडी उत्पादन र स्तरबृद्धिमा स्पोर्टस् एकडेमीले उल्लेखनिय योगदान गरिरहेको उल्लेख गर्नुभयो ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एकेडेमीका सल्लाहकार तथा पुर्व प्रदेश सभासद मोहन रेग्मी,उपाध्यक्ष तेजबिक्रम बस्नेत,उपमहासचिब सुवर्ण श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका १५ वटा टिमको सहभागिता रहेको छ ।
एकेडेमीले वार्षिक कार्ययोजना अनुसार देशभर विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।
अध्यक्ष आचार्यका अनुसार यस लगत्तै मधेस प्रदेशका विभिन्न जिल्लामा कुस्ती,फुटसल,टग अफ वार,हक्की, बागमती प्रदेशको काठमाडौमा अन्तर विश्व विद्यालय स्तरीय भलिबल, राष्ट्रिय फुल कन्ट्याक्ट कराँते, प्रदेशस्तरीय तेक्वान्दो लगायतका प्रतियोगिताहरु आयोजना हुँदैछन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend